![]()
मुम्बई,माघ ।
बलिउड अभिनेता आमिर खानको नाम कुनैपनि फिल्मसँग जोडिनासाथ दर्शकहरुमा उक्त फिल्मबाट एकाएक आशा बढाइदिन्छ । फिल्म ‘दंगल’ प्रदर्शनमा आउँदै गर्दा आमिर खानको आगामी योजना ‘महाभारत’ हुन सक्ने विषयले अत्यन्तै चर्चा पाएको थियो ।
यद्यपी आमिरले यो फिल्म स्वयम् निर्माण गर्ने बारेमा आधिकारिक जानकारी भने दिएका छैनन् । तर आमिरले ‘महाभारत’ मा अभिनय गर्ने अवसर पाए पौराणिक पात्र कर्णको भूमिका निभाउन ईच्छुक रहेको भने खुलासा गरिसकेका छन् ।
उनले अन्य भूमिका निभाउनु परे भगवान श्रीकृष्णको भूमिका पर्दामा निभाउने चाहना रहेको पनि बताएका छन् । प्राप्त खबरअनुसार ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीले आफ्नो नयाँ परियोजना ‘महाभारत’ का लागि काम सुरु गरिसकेका छन् ।
बलिउड बक्स अफिसमा आमिर खानका फिल्महरु लगातार रुपमा दर्शक तान्न सफल हुँदै आएका छन् । विदेशी बक्स अफिसमा पनि आमिरको फिल्म ‘दंगल’ र ‘सीक्रेट सुपरस्टार’ लागातार रुपमा राम्रो आम्दानी गरेका फिल्ममा पर्छन ।


