![]()
काठमाडौ,पुस ।
पुस महिनाको मध्य भए पनि यो वर्ष अझै पनि हिउँदे वर्षा भएको छैन । पोहोरपरार डिसेम्बर महिनाको सुरु वा मध्यतिर वर्षा हुने गरे पनि यो वर्ष अझै पानी परेको छैन । पश्चिमी वायुको प्रभाव कम हुँदा यो वर्ष पानी नपरेको मौसमविदले जनाएका छन् ।
हिउँदे वर्षा नहुनुमा जलवायु परिवर्तन पनि कारक रहेको मौसमविद्को भनाई छ । सामान्यतया डिसेम्बर महिनामा पानी पर्नुपर्ने भए पनि यसपटक तत्काल पानी पर्ने सम्भावना छैन् ।
डिसेम्बरमा काठमाडौंमा सरदर १३ दशमलव २ मिलिमिटर पानी पर्नुपर्नेमा यसपाली जम्मा शून्य दशमलव १ मिलिमिटर पनि पानी परेको छैन ।
देशका अरु भागमा पनि अहिलेसम्म खासै पानी परेको भएको छैन । केही उच्च र हिमाली भेगमा फाट्फुट्ट पानी परेपनि पर्याप्त नभएको मौसमसवदले बताएका छन् ।


