![]()
भक्तपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ ।
ओली निवास बालकोटमा भएको भेटमा उहाँहरुबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको थियो ।
देउवा सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त नगरेको तथा निर्वाचन आयोगले समेत नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बिषय पनि छलफलकाक्रममा उठेको थियो ।
दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ । केही दिनमै एकता संयोजन समितिको बैठक बोलाएर एकताको प्रक्रिया अघि बढाउने जनाइएको छ ।


