Breaking News.... EverestOnlineKhabar
June 25, 2026

म्यानचेस्टर युनाइटेड र बर्नलीको खेल बराबरीमा….

Loading

एजेन्सी,पुस ।
इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ । मंगलबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २ –२ गोलको बराबरीमा रोकिएको हो । खेलको यो नतिजापछि युनाइटेडका प्रशिक्षक जोशेफ माउरिन्हो असन्तुष्ट भएका छन् ।
उनले खेलको नतिजाले आफूलाई दुखी बनाएको तर आफ्ना खेलाडीसँग भने खुशी भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्ना खेलाडीले अन्तिम समयसम्म पनि प्रयास गरेको बताएका छन् । युनाइटेटका लागि दुवै गोल लिंगार्डले गरे भने बर्नलीको लागि बर्नस र डिफोरले एक एक गोल गरे ।
मंगलबार राती नै भएका अरु खेलमा लिभरपुल, चेल्सी, वार्टफोर्ड र टोटनह्याम विजयी भए । हडर्सफिल्ड र स्टोक सिटी, वेष्टब्रोम र एभर्टन र ब्रोनमाउथ र वेष्ट ह्यामले भने बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed