Breaking News.... EverestOnlineKhabar
June 25, 2026

समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० नाघ्यो

Loading

एजेन्सी,पौष ।
फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० नाघेको छ । ‘टेम्बिन’ नाम दिइएको आँधीमा परेर कयौं व्यक्ति हराइरहेका छन् । मिन्दानाओ टापुका विभिन्न क्षेत्रमा पहिरो गएको छ ।
आँधीबाट बढी प्रभावित टुवोद र पिआगापो शहरका धेरै घर पहिरोले पुरिएका छन् । आँधीसँगै नदीहरुमा बाढी आएका कारण कतिपय गाउँ ध्वस्त भएका छन् ।
विद्युत् सेवा र सञ्चार सेवा अवरुद्ध भएका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । ८० किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधी दक्षिणी पालावन क्षेत्रतर्फ बढिरहेको छ । सरकारले आँधी प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको छ ।
मध्य फिलिपिन्समा गत हप्ता मात्र ‘काइ टाक’ नाम दिइएको आँधीका कारण धेरै जनाको मृत्यु भएको थियो । यो क्षेत्रमा सन् २०१३ मा आएको आँधीका कारण ५ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed