![]()
राजविराज,पौष ।
मधेश केन्द्रित दलहरु संविधान संशोधनको माग पुरा नभएसम्म वामगठबन्धन नेतृत्वको सरकारमा सहभागि नहुने भएका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दल वाम गठबन्धनको सरकारमा सहभागी हुने कुरा हल्ला मात्रै भएको वताएका छन्। उनले मधेसको जनादेश विपरीत कुनै खाले सम्झौता नहुने स्पष्ट पारे।
अमेरिकामा रहेका मधेसी समुदायका युवाको संस्था‘मधेसी एसोसिएसन इन अमेरिका’ ले राजविराजमा आयोजना गरेको कार्यक्रममा महतोले संविधान संशोधन नहुन्जेल संघर्ष जारी नै रहेको भन्दै मधेसको जनादेश अनुसार संशोधनलाई आफूहरुले पहिलो प्राथमिकतामा राखेको पनि बताए।
धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले ३ ठूला दलले मिलेर बनाएको संविधानलाई नसच्याएसम्म सडक र सदनबाट संघर्ष जारी राख्ने उद्घोष पनि गरे।


