Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौ,पौष ।
वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक भोली शुक्रबार बस्ने भएको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले मतदाता र कार्यकर्ताबाटसमेत पार्टी एकताको विषय अनुमोदन भइसकेकाले आफूहरुलाई थप अघि बढ्न कुनै समस्या नभएको स्पस्ट गरे । समितिमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेता छन् ।
एमाले र केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताको सहमति सार्वजनिक भएको थियो । दुवै पार्टीका नेताहरुले नयाँ सरकार गठन र एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed