Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौ,पौष ।
निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड बिहीबार गर्दैछ । प्रदेशसभातर्फको मतसंख्या संकलन र रुजु गर्ने काम सकेपछि सिट संख्या बाँडफाँड गरी दलहरुलाई पत्र लेख्न लागिएको तयारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आयोगले प्रदेशसभाका समानुपातिकतर्फका सांसदको नाम पठाउन दललाई ७ दिनको समय दिने पनि उनले जानकारी दिए । प्रदेशसभामा राष्ट्रिय दलको मान्यता पाएका ५ दलसहित प्रदेश नम्बर १ मा राप्रपा, २ मा नेपाल संघीय समाजबादी पार्टी र प्रदेश नम्बर तीनमा विवेकशील साझा र नेमकिपाले एक–एक जना सांसद पठाउन पाउनेछन् ।
समानुपातिकतर्फ कसले कति सिट पाउने ?
प्रदेशसभामा कुल सदर मतको १ दशमलव ५ प्रतिशत सीमा कटाउने दलले प्रदेश सांसद पठाउन पाउने प्रावधान छ । यसैबिच संघीय प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँडका लागि पनि तयारी भइरहेको छ । आयोगका अनुसार सवै ठाउँको मत रुजु गरी सम्बन्धित निर्वाचन अधिकृतले कागजात बुझाइसकेपछि संघीय प्रतिनिधिसभाका लागि पनि ७ दिनको समय दिएर दलहरुलाई पत्र पठाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed