![]()
काठमाडौ,मंसिर ।
प्रतिनिधिसभा समानुपातिक मतमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार ८ लाख ७४ हजार २०३ मत सदर हुँदा एमालेले ३ लाख १२ हजार ९८१ मत ल्याएको छ भने कांग्रेसले ३ लाख ९ हजार ७०७ मत ल्याएको छ ।
यता तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख हजार ४८ हजार ६६६ मत ल्याएको छ । त्यस्तै राष्ट्रिय जनता पार्टीले २२ हजार २१६, विवेकशील साझा पार्टीले १५ हजार ४८ मत प्राप्त गरेको छ ।
त्यसैगरी छैटौं स्थानमा रहेको संघीय समाजवादी फोरमले १३ हजार ११५, सातौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार ४४५ मत ल्याएको छ। त्यस्तै नयाँ शक्तिले ९ हजार ७१२, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले ६ हजार ५७८ मत ल्याएको छ । यस्तै, राष्ट्रिय जनमोर्चाले ५ हजार ४४२ मत ल्याएको छ भने अन्य दलको १८ हजार २९३ मत रहेको छ ।


