![]()
एजेन्सी । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अहिले बाहुबलीको ऐतिहासिक सफलताले गुमेको आफनो शाख फर्काउन कस्सिएर लागेका छन । दक्षिण भारतीय फिल्म इन्डस्ट्रीमा रजनीकान्तको नाममा नै चलचित्र सुपर हिट हुन्थे तर बाहुबलीले उनका चलचित्रलाई धेरै पछि धकेलिदियो । अहिले रजनीकान्त आफ्नो वर्चस्व पुनर्स्थापित गर्न लागिपरेका छन् ।
रजनीकान्तका प्रिय निर्देशक शंकरले चलचित्र २.० निर्देशन गरेका छन् । यो उनकै हिट चलचित्र रोबोटको सिक्वेल पनि हो । यो फिल्मको सहारा लिएर रजनीकान्त आफ्नो गुमेको साख फर्काउन लागेका छन् । यो फिल्मको बजेट अहिले चार सय ५० करोड पुगेको छ ।
फिल्मको रिलिज डेट बारम्बार परिवर्तन भइरहेको छ । फिल्म २७ अप्रिल २०१८ मा रिलिज गरिने भएको छ । गत वर्ष यही सप्ताहमा बाहुबली रिलिज भएको थियो । फिल्ममा अक्षयकुमारले खलनायकको भूमिका निर्वाह गरेका छन् ।


