![]()
काठमाडौ,१५ मंसिर ।
काठमाडौंको त्रिचन्द्र क्याम्पस हाताभित्र फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेले भनेः‘बम डिस्पोजल टोलीले जाँचबुझ गर्दा बम नभइ मोटर चार्जिङ डाइनामो भएको पत्ता लागेको छ ।’
त्रिचन्द्र क्याम्पसको फुलपाती सेलाउने ठाउँमा फलामको डल्लोमा तार जोडिएको र बाहिर बम लेखिएको शंकास्पद वस्तु फेला परेको थियो । बम भएको हल्लाले सो क्षेत्रका बासिन्दा आतंकित भएका थिए ।
त्यसलगत्तै क्याम्पससँगै जोडिएको विश्वज्योती हल अगाडिको सडकमा समेत आवत–जावत बन्द गरेर अनुसन्धान गरिएको थियो । बम नभएको पुष्टि भएपछि सडक पनि खोलिएको र स्थिति सामान्य भइसकेको प्रहरीले जनाएको छ ।


