Breaking News.... EverestOnlineKhabar
September 30, 2026

इन्डोनेसियामा हुने एसियन गेम्सका लागि नेपालले तयारी गर्दै

Loading

काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियन गेम्समा परिणाममुखी बनाउन नेपालले चाडैं तयारी सुरु गर्ने भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले पत्रकार सम्मेलन गर्दै अगष्टमा हुने एसियन गेम्सको तयारीबारे जानकारी दिएको हो ।

कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले भने, “त्यसैले राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालयसँग समन्यव गर्दै टिमको विशेष तयारी गरेर सहभागिता जनाउने छौं ।” अध्यक्ष श्रेष्ठले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सकिएलगत्तै नेपालले एसियन गेम्सको तयारी गर्ने जानकारी गराए ।

इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म एसियन गेम्स हुने छ । एसियन गेम्समा यो पटक ४० खेलको ४६२ इभेन्ट्स समावेश गरिएको छ । नेपालबाट भने सहभागिता जनाउने खेलको तय भैसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed