Breaking News.... EverestOnlineKhabar
June 25, 2026

प्रधानमन्त्री देउवा कम्युनिस्टको विरुद्धमा झुट बोल्दै हिड्नुभएको छःनेता खनाल

Loading

इलाम,१४ मंसिर ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वाम गठबन्धनले निर्वाचन जिते देशमा अधिनायकवाद आउँछ भनेर गलत प्रचार गर्न खोजिएको टिप्पणी गर्नुभएको छ । इलामको गोर्खेमा वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै इलाम क्षेत्र नम्बर १ का उम्मेदवार खनालले वाम गठबन्धनले चुनावमा दुई तिहाई मत ल्याउने भएकाले विपक्षीहरूको निद्रा हराएको समेत दावी गर्नुभयो ।
खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टको विरूद्धमा झुट बोलेर जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाउनुभयो । उनले विचार र सिद्धान्त मिल्ने पार्टीबीच एकता हुनुलाई शंका–उपशंका नगर्न मतदातालाई आग्रह गर्नुभयो ।
खनालले भनेः‘वाम गठबन्धन देशको समृद्धि र राजनीतिक स्थायित्वका लागि बनेको हो,यो कसैका विरूद्ध षड्यन्त्रका लागि बनेको होइन।’
क्षेत्र नम्बर १ को विकास निर्माणमा सधैं प्रतिबद्ध रहने बताउँदै उनले आफूलाई निर्वाचनमा जिताउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed