![]()
काठमाडौ,१३ मंसिर ।
दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारलाई तिव्रता दिएका मुख्य दलका शीर्ष नेताहरु आज पनि चुनावी प्रचारमा व्यस्त रहने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार पनि चुनावी प्रचार प्रसारमा व्यस्त छन् । उनले बुधबार स्याङ्जा र कास्कीको पोखरामा हुने तीनवटा चुनावी सभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा जाने कार्यक्रम छ । त्यहाँ उनले आउँदो शनिबारसम्म चुनावी सभामा सम्बोधन गर्नुका साथै घरदैलो अभियान समेत गर्ने तयारी छ ।
यसैगरी चुनावी पचारपसारको लागि गएको शुक्रबार नै आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड शुक्रबार मात्रै काठमाडौं फर्कने योजनामा छन् । उनले चितवनमा घरदैलो अभियान गरिरहेका छन् ।


