![]()
ताप्लेजुङ,१२ मंसिर ।
जिल्लाका उच्च हिमाली क्षेत्रमा सोमबार रातिदेखि हिमपात सुरु भएको छ । सामान्य वर्षासँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपातका कारण जिल्लाका ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फलेलगायतका माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । प्रसिद्ध तीर्थस्थल पाथिभरामा बाक्लो हिमपात हुँदा तीर्थयात्री समस्यामा परेका छन् ।
३ हजार साथ ९४ मिटरको उचाईमा रहेको पाथिभरामा पनि हिमपात भएको छ भने हिउँ माथिल्लो फेदीसम्म हिउँ झरेको छ । माथिल्लो क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भएसँगै चिसो ह्वातै बढेको स्थानीयले बताएका छन् । चिसोको असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा बढी परेको स्थानीयको भनाइ छ ।
यस्तै जिल्लाका फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाफ्रेलगायतका उच्च भेगका स्थानमा समेत चिसो बढेको छ । डाँडातिर हिउँ परेपछि तल्लो भेगमा चिसो बढेको हो ।


