Breaking News.... EverestOnlineKhabar
June 27, 2026

निर्वाचन आयोगले आज भक्तपुरमा निर्वाचन आचारसंहिताको अवस्था बारे स्थलगत भ्रमण गर्दै…

Loading

भक्तपुर,१२ मंसिर ।
प्रमुखनिर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादव नेतृत्वको निर्वाचन आयोगको टोलीले आज निर्वाचन आचारसंहिता पालनाको अवस्था बारे भक्तपुरको स्थलगत निरिक्षण गर्दैछ । भक्तपुरको चागुनारायण लगायतको क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेको गुनाशो आएपछि आज प्रमुख निर्वाचन आयुक्तको टोली पत्रकार सहित भक्तपुर जान लागेको हो ।
स्थलगत निरिक्षणपछि प्रमुखनिर्वाचन आयुक्त डा. यादवले सम्बोधनसहित आवश्यक निर्देशन समेत दिने जनाइएको छ । टोलीले काठमाडौबाटै पत्रकारहरुको टोली पनि लिने जनाएको छ ।
पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा पनि प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले विभिन्न जिल्लाको स्थलगत निरिक्षण तथा अनुगमन गरेको थियो । निर्वाचन आचारसंहिता र निर्वाचनका अन्य विषयमा जानकारी लिन र निर्देशन दिन आयोगले यसअघि नै आयुक्तहरुको क्षेत्रगत विभाजन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.