Breaking News.... EverestOnlineKhabar
June 26, 2026

भारतमा पत्रकारको हत्यागर्ने सैनिक अधिकारी पक्राउ

Loading

नयाँदिल्ली,मंसिर ।
भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गर्ने सैनिक अधिकारीलाई पक्राउ गरिएको समाचार छ ।
प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको थियो । उनी एक सैनिक जवानको गोली लागेर मारिएका बताइएको थियो ।
त्रिपुरा राज्याको अर्ध सैन्यबलको मुख्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयको अर्ध सैन्य बलका एकजना कनिष्ठ अधिकारीले उनलाई गोली हानेको बताइएको छ । सो मुख्यालयका सैनिक कमाण्डेन्ट अफिसर तपन देव बर्माले आफ्ना अङ्गरक्षकलाई नै ती पत्रकारलाई गोली हान्न आदेश दिएका खुलेको छ ।
उनका अङ्गरक्षकलाई बुधबार नै पक्राउ गरिएको थियो । उनकै बयानका आधारमा सैनिक अधिकारी बर्मालाई बिहीबार पक्राउ गरिएको समाचरमा जनाइएको छ । उनलाई आज नै मुद्दा हेर्ने अधिकारीकोमा उपस्थित गराइएको छ ।
सुदिप दत्त भौमिक नाम गरेका ४८ बर्षका ती पत्रकार भारतीय दैनिक पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए । उक्त पत्रिका बङ्गाली भाषाको पत्रिका हो । त्रिपुरा प्रहरीले उक्त दुर्घटनाको कारणका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed