Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

काठमाडौ,मंसिर ।
आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । मलेसिया टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ्ग गरेको नेपालले १२ ओभरको समाप्तिमा बिना विकेटको क्षति ६४ रन बनाएको छ ।
नेपालकी ओपनर सिता राना मगर ३६ तथा ज्योति पाण्डे १७ रनमा अविजित छन् । मलेसियासँगको खेलपछि नेपालले अन्तिम खेलमा आइतबार चीनसँग खेल्नेछ । नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा पुग्ने लक्ष्य लिएको नेपाललाई शिर्ष दुईमा पुग्ने सम्भावना कायम राख्न मलेसियाविरुद्ध जित्नैपर्ने दबाब रहेको छ ।
बिहीबार भएको खेलमा युएईसँग ५ रनले पराजित भएपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बनेको थियो । अघिल्ला तीन खेलमा २ अंक जोडेको नेपालले आजको खेल गुमाए प्रतियोगिताबाट बाहिरिनेछ । राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफयर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।
छनोटमा नेपालको ३ खेलबाट २ रहेको छ । नेपाल अंक तालिकामा पाचौं स्थानमा छ । छनोटमा नेपालले हङकङ र थाइल्याण्डसँगको खेलमा एक एक अंक पाएको थियो । यस्तै तेस्रो खेलमा नेपाल पराजित युएईसँग पराजित भएको थियो ।
छनोटमा २ अंक जोडेको मलेसिया चौथो स्थानमा रहेको छ । छनोटमा थाइल्याण्ड र हङकङ समान ५ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । ४ अंक जोडेको युएई तेस्रो स्थानमा रहदा चीन अंकविहीन रहेर पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed