Breaking News.... EverestOnlineKhabar
October 2, 2026

पुटिनले ट्रम्पसँग फोनवार्ता गर्ने

Loading

एजेन्सी,मंसिर ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मङ्गलबार टेलिफोन वार्ता गर्ने बताएका छन् । रुसी राष्ट्रपति बसर अल असदसँग रसियाको सोचीमा भएको अघोषित भेटवार्तापछि पुटिनले राष्ट्रपति डोनाल्डसँग टेलिफोन वार्ता गर्ने खुलाशा गरेका छन् । ‘आधारभूतरुपमा हाम्रो छलफल आज नै हुनेछ’ म अन्य देशका नेताहरुसँग पनि परामर्शमा रहेको छु र यो कुरा मैले पहिलेबाट नै बताउँदै आएको छु’– राष्ट्रपति पुटिनले भने ।
त्यसैगरी उनले कतारका अमिरसँग पनि आज या भोलीभित्रमा वार्ता गर्ने राष्ट्रपति ट्रम्पको पूर्व योजना रहेको पुटिनले असदलाई सोमबार बताएका छन् । सिरियामा सन् २०११ को मार्चबाट शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र यसका कारण अहिलेसम्ममा लाखौँ नागरिकको ज्यान गइसकेको छ ।
सो आन्दोलनमा परी सन् २०११ बाट हालसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँजना अरु आफ्नो देश र विदेशमा शरणार्थीको जीवन बितारहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed