Breaking News.... EverestOnlineKhabar
June 25, 2026

३६ वर्षपछि पेरु फर्कियो विश्वकपमा

Loading

एजेन्सी,३० कार्तिक ।
पेरु आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । बिहीबार बिहान भएको प्ले–अफको दोस्रो लेगमा न्युजिल्याण्डलाई हराउँदै दक्षिण अमेरिकी देश पेरुले ३६ वर्षपछि विश्वकपमा स्थान बनाएको हो । यसअघि पेरुले सन् १९८२ मा विश्वकप खेलेको थियो ।
बिहान भएको दोस्रो लेगमा न्युजिल्याण्डलाई २–० ले हराएको पेरु समग्रमा २–० को जितसहित विश्वकपमा स्थान बनाउन सफल भएको हो । पहिलो लेगमा गोलरहित बराबरी भएको थियो ।
पेरुलाई विश्वकपमा पु¥याउने क्रममा फारफान र क्रिष्टियन रामोसले गोल गरे । २७ औं मिनेटमा फारफानको गोलबाट पेरुले अग्रता लिएको थियो । ६५ औं मिनेटमा क्रिष्टियनले अग्रता दोब्बर पारे र पेरु २–० ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed