Breaking News.... EverestOnlineKhabar
August 14, 2026

बाँके जिल्लामा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रचारप्रसार अभियान सुरु

Loading

नेपालगञ्ज,कार्तिक ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्बाचनका लागी लोकतान्त्रिक गठबन्धन बाँकेले विहिबारबाट नेपालगञ्जमा सयुक्त प्रचार प्रसार अभियान सुरु गरेको छ । भेलाको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलसम्सेर राणा र नेपाली काँग्रेस बाँके जिल्ला सभापति एंव लोकतान्त्रिक गठबन्धन सयुक्त प्रचार प्रसार समिती बाँकेका संयोजक किरण कोईरालाले सयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलसम्सेर राणाले बामगठबन्धन नेपाल र नेपालीको नभई बिदेशीहरुले गराईदिएको भन्दै लोकतन्त्र,प्रजातन्त्र र राष्ट« बचाउनका लागी लोकतान्त्रीक गठबन्धन भएको जिकिर गर्नुभयो । महामन्त्री राणाले कम्युनिष्ट राज्य भएको देशमा त्यहाँका नागरिकले आफुले पाउने नैसर्गिक अधिकारबाट बञ्चित रहेकाले नेपालमा बामपन्थी गठबन्धनका नाममा राज्य कब्जा गरी कम्युनिष्ट शासन ल्याउने कुचेष्टा भईरहेको आरोप लगाउनुभयो । उहाँले बामगठबन्धनको एकददिय तानाशाही शासन ल्याउने अभियानलाई रोक्न लोकतान्त्रीक गठबन्धनका उम्मेदारहरुलाई बिजय बनाई नेपाली जनताहरुको नैर्सगिक अधिकार रक्षा गर्न आह्वान गर्नुभयो ।
समारोहमा नेपाली काँग्रेस बाँके सभापति एंव लोकतान्त्रिक गठबन्धन सयुक्त प्रचार प्रसार समिती बाँके संयोजक किरण कोईरालाले नेपालको समृद्धि र लोकतन्त्रालाई समाप्त पार्नका लागी बामगठबन्धन भएको आरोप लगाउँदै नेपाली काँगेसले तानाशाह शासनलाई यो मुलुकबाट समाप्त पारेको इतिहास स्मरण गर्नुभयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रीक गठबन्धनले आगामी मंसिर २१ गते बामगठबन्धन समाप्त पार्ने समेत दावी गर्नुभयो ।
समारोहमा कार्यक्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका सचिव रबिन थापाले लोकतान्त्रिक गठबन्धन बाँकेको अपिल बाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed