![]()
काठमाडौ,२३ कार्तिक ।
नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले अबको प्रधानमन्त्रीको दावेदार कांग्रेसबाट रामचन्द्र पौडेल र आफू भएको दावी गरेका छन् । उनले भनेः‘शेरबहादुरजी अहिले प्रधानमन्त्री र पार्टी सभापति हुनुहुन्छ । अबको कुरा गर्दा रामचन्द्र दाइ हुनुहुन्छ । र, म पनि छु ।’
उनले पार्टी सभापति र प्रधानमन्त्री फरक फरक व्यक्ति हुनुपर्छ भनेर पहिले पनि कुराकानी भएको टिप्पणी गरे । उनले अगाडी भनेः‘पार्टी सभापति र प्रधानमन्त्री फरक फरक हुनुपर्छ । रामचन्द्र पौडेल पनि पार्टीमा लागेको ४०–५० वर्ष भैसक्यो । उहाँमा अनुभव छ । प्रधानमन्त्री बन्न सक्ने गुण उहाँमा छ । मेरो पनि इच्छा रहन्छ ।’
तर,महामन्त्री कोइरालाले प्रधानमन्त्रीको उम्मेद्वारको विषयमा पार्टीभित्र विवाद नरहेको र यो प्राथमिकताको विषय पनि नभएको जिकिर गरे ।


