Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पूर्व क्याटलन नेताहरु सर्शत रीहा, बिना अनुमति बेल्जियम छोडन नपाउने

Loading

बिबिसि । बेल्जियमका एकजना न्यायाधीशले क्याटलोनियाका पूर्व नेता र चारजना पूर्व मन्त्रीहरुलाई सशर्त रिहा गरेका छन् । उनीहरुले विना अनुमति बेल्जियम छाड्न नपाउने र आफ्नो बसोबासबारे विस्तृत जानकारी गराउनुपर्ने न्यायाधीशले बताएका छन् ।

एकजना स्पेनी न्यायाधीशले युरोपेली पक्राउ आदेश जारी गरेपछि ती नेताहरुले बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । हालै क्याटलोनियाको संसद्ले सो क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि केन्द्र सरकारले त्यहाँ प्रत्यक्ष शासन लागू गरेको थियो ।

स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्षेत्रीय संसद् र सरकार विघटन गर्दै निर्धारित समयअगावै चुनावको घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणा अनुसार आउँदो डिसेम्बर २१ मा क्याटलोनियामा चुनाव हुनेछ । उक्त कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन बेल्जियमको राजधानी ब्रसल्स पुगेका थिए । स्पेनी सरकारले निष्पक्ष सुनुवाइको सुनिश्चितता नगरुञ्जेल आफू स्वदेश नफर्कने पुज्डमोनले बताउँदै आएका छन् ।

विद्रोह, देशद्रोह र राज्यकोषको दुरुपयोगसम्बन्धी मुद्दा चलाउनका निम्ति बेल्जियममा रहेका पाँचजना पूर्व नेताहरु खोजी सूचीमा छन् । १५ दिनभित्र उनीहरु बेल्जियमको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ । उनीहरुलाई स्पेन फर्काउन बेल्जियमसँग ६० दिनको समयावधि छ तर ती नेताहरुले कानूनी प्रश्न नउठाएमा त्यसअघि नै फर्काइन सक्छन् । विद्रोह, देशद्रोह र क्याटलोनियाको स्वतन्त्रता घोषणामा संलग्न रहेको आरोपबारे अनुसन्धानका लागि अन्य आठजना पूर्व क्याटलान नेताहरुलाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed