Breaking News.... EverestOnlineKhabar
October 2, 2026

दोस्रो अभ्यासमा बंगलादेशसंग नेपाली यू १९ टोलीको लज्जास्पद हार

Loading

काठमाडौं । तीनवटा अभ्यासका म्याच खेल्न बंगलादेश गएको नेपाली यू १९ क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । शनिवार भएको दोस्रो अभ्यासमा नेपाली टोली १२३ रनले पराजित भएको हो ।

टस जितेर फिल्डिङको निर्णय गरेको नेपाल ब्याटिङ र बलिङ दुवैमा कमजोर देखियो । बंगलादेशले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रन बनायो । नेपालका सन्दिप लामिछाने र कप्तान दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने बाँकी चार विकेट रनआउटका रुपमा प्राप्त भएको थियो ।

जवाफी ब्याटिङ गरेको नेपाली टोली ३६ दशमलव ५ ओभरमा १०४ रन बनाउँदै अलआउट भयो । नेपालकातर्फबाट रसद खानले २४, पवन सर्राफले १६ र सन्दिप लामिछानेले नटआउट १३ रन बनाउन बाहेक अरु कसैले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed