Breaking News.... EverestOnlineKhabar
August 22, 2026

Loading

काठमाडौ,१८ कार्तिक ।
कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै फाइनल चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ ।
तर, आजको खेलमा प्रतिष्ठाका लागि पनि नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले बलियो प्रतिद्वन्द्वी युएईलाई रोक्न सक्यो भने ठूलै सफलता हुनेछ ।
खेल आज साँझ पौने ५ बजे सुरु हुनेछ । नेपालले यसअघि कीर्गिस्तानसँग २–० को तथा बहराइनसँग ४–० को हार बेहोरेको थियो ।
समूहको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली तथा उपविजेतामध्येका उत्कृष्ट पाँच टिमले फाइनल चरणमा प्रवेश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.