![]()
काठमाडौ,१६ कार्तिक ।
माओवादी केन्द्रले उपत्यकाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नाम टुंगो लगाएको छ । वाम गठबन्धनको तर्फबाट काठमाडौं १ मा पूर्वबिद्धार्थी नेता अनिल शर्मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
युवा नेता शर्मा कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग वामपन्थी गठबन्धनको तर्फबाट भिड्ने पक्का भएको छ । केही समयअघिमात्र अखिल क्रान्तिकारीको महाधिवेशनमा अध्यक्ष उठेर रन्जित तामाङसँग निकै थोरै मतले पराजित शर्मा पूर्व गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माका सहोदर भाइ हुन् । उम्मेदवार हुने निर्णय भए लगतै शर्माले काठमाडौलाई धुलोधसँवा मुक्त बनाउने आफ्नो पहिलो एजेण्डा भएको बताउनुभयो । उनले भनेः‘दाई जनार्दनले लोडसेडिङ मुक्त काठमाडौँ बनाए ,अब म धुलोधुँवा मुक्त काठमाडौँ बनाउछु ।’
अनिल शर्मा उम्मेद्वार बन्ने भएपछि विशेष गरी काठमाडौ क्षेत्र नम्बर १ का युवा मतदाताहरु निकै उत्साहि भएका छन् । उनीहरुले उमेर ढल्केका ढुवा उम्मेद्वार भन्दा अनिल शर्मा जस्ता युवा र नयाँ भिजन भएका उम्मेद्वारलाई विजयी गराउने प्रतिक्रिया दिएका छन् ।उम्मेद्वार शर्माले आफु स्पष्ट भिजन लिएर मतदाता सामु जाने र मतदाताले आफुलाई विजयी गराए आफुले गरेको वाचा पुरा गरेर छाड्ने दृढता व्यक्त गर्नुभएको छ । शर्माले आज उम्मेद्वारी मनोनयन दर्ता गरीसकेपछि जनताको घरदैलो लगायत चुनावी प्रचारप्रसारलाई तिव्रता दिने बताउनुभएको छ ।


