Breaking News.... EverestOnlineKhabar
August 15, 2026

दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको चुनावः मनोनयन दर्ताको तयारी पूरा

Loading

काठमाडौ,१५ कार्तिक ।
मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मंसिर २१ गते ४५ जिल्लामा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । त्यसका लागि बिहीबार मनोनयन दर्ताको दिन तोकिएको छ ।
प्रदेश सभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन भने मंसिर १० गते हुँदैछ । सम्वन्धित क्षेत्रमा रहेको निर्वाचन कार्यालयमा कार्यालय समयभित्र उम्मेदवारी दर्ता सकिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनले मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको बताए ।
भोलि मनोनयन दर्ता गर्ने दिन भएकाले राजनीतिक दलहरुले अधिकांश क्षेत्रमा आ–आफ्ना उम्मेदवार पनि टुंगो लगाइसकेका छन् । निर्वाचन आयोगले जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइको काम पनि गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.