Breaking News.... EverestOnlineKhabar
June 24, 2026

धादिङमा असिना–पानीले धानबाली नष्ट,किसानलाई कष्ट

Loading

धादिङ,१२ कार्तिक ।
काटेर घर भित्राउने बेला भएको धानबालीमा असिना पानीले क्षति गरेको छ । शनिबार राति हावाहुरी र पानीसँग परेको असिनले गर्दा उत्तरी धादिङको विभिन्न गाउँमा धानबाली नष्ट भएको छ ।
नेत्रावती गाउँपालिकाको कटुन्जे र मार्पाक, गंगाजमुना गाउँपालिका र नीलकण्ठ नगरपालिकाको केही भागमा समेत असिना परेको छ । धान काट्ने बेला असिना परेर खेतमै धान झरेको हो । केहीले भने काट्दै गरेका थिए तर धान सबै काटी नसकेकोले असिनाले गर्दा सखाप भएको किसानले बताएका छन् ।
काट्ने बेला भएको धानबाीमा असिना परेपछि किसान मर्कामा परेको नेत्रावती गाउँपालिकाका अध्यक्ष नारायण शाक्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed