Breaking News.... EverestOnlineKhabar
June 25, 2026

आइएसको निशानामा बिश्वकप फुटबल, मेस्सीको आँखामा रगतको आँशु बगेको फोटो सार्वजनिक

Loading

बिबिसि । आतंकवादी संगठन इश्लामिक स्टेट ‘आइएस’ले सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबललाई लिएर नयाँ पोस्टरमा चेतावनीयुक्त सन्देश सार्वजनिक गरेको छ ।

आगामी विश्वकप फुटबललाई लिएर ‘आइएस’ले अर्जेन्टिनाका महान फुटबल खेलाडी लियोनेल मेसीको आँखाबाट रगत आएको पोस्टरमा चेतावनीयुक्त सन्देश सार्वजनिक गरेको हो ।

उक्त पोष्टरमा आइएसले लेखेको छ, ‘तिमी एक यस्तो राज्यसँग लडिरहेका छौ, जसको शब्दकोशमा असफल शब्द नै छैन् ।’ उक्त चेतावनीयुक्त पोस्टर ‘आइएस’को मुखपत्र मानिएको ‘वफा मिडिया फाउन्डेशन’द्वारा जारी गरिएको हो ।
त्यस्तै, पोस्टरमा अंग्रेजी शब्द ‘जस्ट टेररिज्म’ लेखेर बाँकी अरवी भाषामा लेखिएको छ ।

आइएसले सार्वजनिक गरेको प्रोपोगान्डामा मेसीको तस्वीर प्रयोग गरी उनको आँखाबाट रगत बगेको देखाइनु फुटबलप्रेमी र मेसीका समर्थकहरुका लागि दुखको बिषय भएको मानिएको छ ।

एटल्यान्टिक प्यासिफिक’का वरिष्ठ सुरक्षा विशेषज्ञ इआन ब्रेजेजिन्स्कीका अनुसार उक्त पोष्टर आइएस समर्थक जिहादीहरुले टेलिग्राममार्फत शेयर गरिरहेका छन् । उनले आइएसले यस प्रोपोगान्डामार्फत रुस र अमेरिकामा आक्रमण गर्न विश्वकप फुटबल सुनौलो मौका बनाउन चाहेका बताएका छन् ।’

आइएसको यस चेतावनी सार्वजनीक भएपछि रुसले विश्वकप आतंकवादबाट मुक्त हुने बताएको थियो । त्यस्तै, रुसको ‘नेशनल एन्टि टेररिज्म’ समितिले सुरक्षाको आवश्यक तयारी भैरहेको र सुरक्षित वातावरणमा खेल हुने बताएको छ ।
आगामी विश्वकप फुटबल सन् २०१८ को जुन १४ देखि जुलाई १५सम्म रुसको ११ ओटा शहरमा खेलिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed