Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौ,५ कार्तिक ।
प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काठमाडौंको ठमेललाई आजदेखि सवारी साधनमुक्त क्षेत्र बनाइएको छ । आइतबारदेखि पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अरु गाडीलाई ठमेल प्रवेशमा रोक लगाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठमेलभित्र जाने गाडीले त्रिदेवी मार्गबाट मात्र जान पाउने, तथा ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने गाडीलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार गाडीको व्यवस्था गरिएको महाशाखाका जनाएको छ ।
यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार ठमेलभित्र धेरै धुवाँ निकाल्ने, हर्न बजाउने र जथाभावी चलाउने गाडीलाई विशेष निगरानी गरी कडा कारबाही गरिनेछ ।
गाडीमा गरिने कडाइसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामा समेत कमी आउने प्रहरीको अनुमान छ । काठमाडौं महानगरपालिकाले ठमेललाई व्यवस्थित शहरका रूपमा विकास गर्न ठमेललाई सवारीमुक्त क्षेत्र घोषणा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed