Breaking News.... EverestOnlineKhabar
June 24, 2026

समानुपातिक तर्फका १ करोड मतपत्र छपाई सकिएको निर्वाचन आयोगको भनाई

Loading

काठमाडौ,३ कार्तिक ।
आउँदो मंसिर १० र २१ गते हुने चुनावको लागि एक करोडभन्दा धेरै मतपत्र छापिसकिएको निर्वाचन आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले ७ वटा मेसिनबाट ३ सत्रमा दैनिक ८ लाख सम्म मतपत्र छापिरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
प्रवक्ता ढकालका अनुसार आउँदो शुक्रबारसम्ममा केन्द्रले प्रदेश र प्रतिनिधिसभा चुनावको लागि आवश्यक झण्डै १ करोड ७० लाख मतपत्र छाप्ने छ ।
१ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाताका लागि मतपत्र छपाईको काम भैरहेको हो । यस्तै आयोगले चुनावको वातावरण बनाउन आग्रह गर्दै सबै दलसँग दैनिकजसो छलफल गरिरहेको जनाएको छ ।
समानुपातिकतर्फ बन्दसूची बुझाएका दललाई संविधानले तोके अनुसार विभिन्न समुहको प्रतिशतको विषय, क्रममा राख्ने, ५० प्रतिशत महिला अनिवार्य, १० प्रतिशत न्यूनतम उमेद्वारी दिने लगायतका विषय सच्च्याउन पनि आयोगले आउँदो १२ गतेसम्मको समय दिएको छ । यस्तै मतदाता शिक्षा लगायतका काम पनि भैरहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed