![]()
एजेन्सी । बलिवुडमा ड्रीम गर्लको उपनामले चिनिने अभिनेत्री हेमा मालिनीको जीवनीमा आधारित पुस्तक बजारमा आएको छ । बियोंङ द ड्रीम गर्ल’ नाम दिइएको पुस्तकलाई हार्पर कालिन्सले प्रकाशन गरेको छ ।
आत्मकथामा हेमा मालिनीले आफ्नो जीवनसँग जोडिएका घट्नाहरु पुस्तकको माध्यमबाट आफ्ना समर्थकहरु सामु राखेकीछिन । हेमा मालिनीको ६९ औं जन्मदिनको अवसर पारेर पुस्तक ल्याइएको हो ।
हेमा मालिनीको आत्मकथामा आधारित पुस्तक भनिए पनि यसमा धर्मेन्द्रकी पहिलो पत्नी प्रकाश कौर र छोराहरु सनी देओल र बबी देओलको हेमासँगको सम्बन्धका बारेमा केही खुलाइएको छैन् । फिल्मी पत्रिका ‘स्टारडस्ट’का पूर्व सम्पादक राम कमल मुखर्जीले हेमाको आत्मकथा लेखेका हुन् ।
उनले भारतको एक टिभी च्यानलसँगको कुराकानीमा हेमाको जीवनसँग सम्बन्धित कयौं कुराहर पाठकले पहिलो पटक पुस्तकका माध्यमबाट जानकारी पाउने बताएका छन् । पुस्तकमा हेमाको करियर, धर्मेन्द्रसँगको वैवाहिक सम्बन्ध लगायतका कयौं घट्नाहरु समेटिएका छन् ।
पुस्तकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तावना लेखेका छन् । धर्मेन्द्रको सम्बन्ध दुबै परिवारसँग नाजुक अवस्थामा रहेको खबरहरु समय समयमा आइरहन्थे । हेमाकी छोरीहरुको वैवाहिक समारोहमा सनी र बबी देओल अनुपस्थित थिए । सोही बेलादेखि दुई परिवारबीच मनमुटाव रहेको छरपष्ट भएको थियो ।


