Breaking News.... EverestOnlineKhabar
August 15, 2026

क्याटालोनियाका नेतालाई स्पेनिस प्रधानमन्त्रीको पाँचदिने अल्टिमेटम

Loading

एजेन्सी,२६ असोज ।
स्पेनका प्रधानमन्त्री मारियानो राखोइले क्याटालोनियाका स्वतन्त्रतावादी नेतालाई स्वतन्त्रता घोषणा गर्ने वा नगर्ने अन्तिम निर्णय गर्न पाँच दिनको समय दिएका छन् । स्पेनबाट स्वतन्त्र हुन चाहेको क्याटालोनियामा गएको अक्टोबर १ मा जनमत संग्रह भएको थियो ।
स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमत संग्रहमा स्वतन्त्रताको पक्षमा बहुमत आएको थियो । यसपछि मंगलबार क्याटालोनियाको स्थानीय सरकारका प्रतिनिधिले स्पनेबाट स्वतन्त्र हुनेसम्बन्धी घोषणा पात्रमा हस्ताक्षर गरेका थिए । तर त्यसलाई तत्काल लागु नगर्ने र केन्द्र सरकारसँग वार्ता गर्ने क्याटालोनियाका नेता कार्लेस पुइग्डमोन्टले बताएका थिए । स्पेनका प्रधानमन्त्री राखोइले स्वतन्त्रता सम्बन्धी प्रस्तावमा हप्ताक्षर गर्ने क्याटलान नेताको कदम राम्रो नभएको भन्दै स्वतन्त्र हुने या नहुने भन्ने निर्णय गर्न पाँच दिने अल्टिमेटम दिएका हुन् ।
आउँदो सोमबार भित्रमा स्वतन्त्र घोषणा सम्बन्धी हस्ताक्षर गरिएको घोषणा फिर्ता नगरेमा स्पेनको संविधानको धारा १५५ अनुसार क्याटालोनियाको स्वायत्तता निलम्बन गरी केन्द्रीय शासन लागु गर्ने प्रधानमन्त्री राजोयको चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed