Breaking News.... EverestOnlineKhabar
October 2, 2026

ट्रकले बिजुलीको लाइन छुँदा करेण्ट लागेर एकजनाको मृत्यु

Loading

बर्दिया,२६ असोज ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखराका लागि छुटेको ट्रकमा बिजुलीको लाइन छुँदा करेण्ट लागेर घाइते भएका एकजनाको उपचारका क्रममा ज्यान गएको छ ।
ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेर गएको ना ३ ख ५४८८ नम्बरको ट्रकमा बिजुलीको लाइनले छुँदा करेण्ट लागेको हो ।
करेण्ट लागेर घाइते भएका बाँसगढी नगरपालिका–३ का २० वर्षका बलीराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । अर्का घाइते बाँसगढी–३ कै अर्जुन थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed