Breaking News.... EverestOnlineKhabar
June 4, 2026

युरोपियन च्याम्पियन पोर्चुगल विश्वकपमा छनोट….

Loading

एजेन्सी,२५ असोज ।
युरोपियन च्याम्पियन पोर्चुगल आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह बी मा रहेको पोर्चुगलले मंगलबार राति भएको छनौटको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई २–० ले हराउँदै सोझै विश्वकपमा स्थान बनाएको हो ।
घरेलु मैदान लिस्बोनमा भएको खेलमा पोर्चुगललाई जिताउन भ्यालेन्टे सिल्भाले एक गोल गरे भने स्वीट्जरल्याण्डका डिजोउरोउले आत्मघाती गोल गरे । ४१ औं मिनेटमा डिजोउरोउको आत्मघाती गोलबाट पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता लियो । ५७ औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगलको विश्वकप यात्रा तय गरे । हारपछि समूहको दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले भने विश्वकप छनौटका लागि प्ले–अफ खेल्नु पर्ने भएको छ । पोर्चुगलले विश्वकप छनौटका १० खेलमा ३२ गोल गरेको छ । पोर्चुगलको जितको अर्थ स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विश्वकपमा हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed