Breaking News.... EverestOnlineKhabar
June 19, 2026

पहिलो चरणको निर्वाचन सार्न सरकारको अनौपचारिक प्रस्ताव

Loading

काठमाडौ,२४ असोज ।
सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन ३१ मंसिरमा एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपति भण्डारीले निर्वचन सार्दा गलत सन्देश प्रवाहित हुने भन्दै सरकारलाई सचेत गराएकी छन् ।
निर्वाचन एकै चरणमा गर्ने प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुगेका थिए । राष्ट्रपति समक्ष अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले भनेः‘अहिले दलहरु आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि पनि समय अभाव हुने देखिएको छ, त्यसकारण समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कम्तीमा पाँच दिन सार्नुपर्ने देखिन्छ, यस्तो अवस्थामा १० मंसिरका लागि तोकिएको पहिलो चरणको निर्वाचन स्थगित गरेर २१ गते एउटै चरणमा गर्दा कत्तिको उपयुक्त होला ?’
जवाफमा राष्ट्रपति भण्डारीले सबै दल र निर्वाचन आयोगको सहमतिविना सरकारले निर्वाचनको मिति सार्दा गलत सन्देश जाने बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed