![]()
एजेन्सी,२३ असोज ।
पाकिस्तानले भारतले आफ्नो देशमा आक्रमणको प्रयास गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । पाकिस्तानले विशेष गरेर आफ्नो परमाणु केन्द्रमाथि आक्रमण गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएको हो ।
अमेरिका भ्रमणमा रहेका पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले भारतले सर्जिकल स्ट्राइक गरेमा पाकिस्तान धैर्य भएर नबस्ने चेतावनी दिएका हुन् ।
भारत र पाकिस्तानबीच सम्बन्ध सुधारमा पछिल्लोपल्ट कुनै प्रगति नभएको भन्दै उनले पाकिस्तानले पछिल्लो समयमा परमाणु परमाणु हतियार निर्माण गरिरहेको पनि उनले जानकारी दिएका छन् ।
भारतीय वायुसेना प्रमुखले पाकिस्तानी परमाणु केन्द्र पहिचान गरेर ध्वस्त पार्ने चेतावनी दिएको केहीदिनपछि पाकिस्तानका विदेशमन्त्रीको यस्तो धारणा सार्वजनिक भएको हो ।


