![]()
एजेन्सी,२३ असोज ।
इजिप्ट आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । विश्वकप छनौट अन्तर्गत आइतबार राति अफ्रिकी क्षेत्रको समूह ई को खेलमा कंगोलाई २–१ ले हराउँदै इजिप्टले विश्वकपमा स्थान पक्का गरेको हो । इजिप्टलाई २८ वर्षपछि फेरि विश्वकपको यात्रा तय गराउनका लागि दुवै गोल मोहम्मद सालहले गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६३ औं मिनेटमा सालहले गोल गोल गर्दै इजिप्टलाई अग्रता दिलाए । तर ८८ औं मिनेटमा कंगोका लागि अ्रनोल्ड बोउकाले बराबरी गोल फर्काए ।
इन्जुरी समयको पाँचौं मिेनटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरेका सालहले इजिप्टको रुस यात्रा निश्चित गरे । इजिप्ट सन् १९९० पछि पहिलो पटक विश्वकप खेल्ने भएको छ । जितपछि इजिप्ट समूहको दोस्रो स्थानमा रहेको युगाण्डा भन्दा चार अंकले अघि रहँदै विश्वकपमा स्थान बनाएको हो ।


