Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

बर्दिया । बर्दियाको लालपुरमा स्थानीय दुइ समूहबीच भिडन्तको स्थिति आएपछि प्रशासनले कर्फ्यु  आदेश जारी गरेको छ । दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने हिन्दु समुदाय र मोहरमको ताजीया बिसर्जन गर्ने मुस्लिम समुदायबीच झडप भएपछि प्रशासनले कफ्र्यू लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार शान्तिसुरक्षा भंग भई तनावग्रस्त स्थिति उत्पन्न भएपछि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिभर लालपुरमा दुईजना भन्दा बढी ब्यक्ति एक ठाउँमा भेला हुन, सभा सम्मेलन गर्न र विरोध प्रदर्शन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

हिन्दु समुदायको दुर्गा पूजाको मूर्ति बिर्सजन गर्ने र मुस्लिमको ताजिया बिसर्जन गर्न जाने बाटो एउटै परेपछि दुई पक्षबीच आइतबार साँझ झडप भएको थियो । हिन्दु र मुस्लिम समुदायबीचको झडप रोक्न प्रहरीले दर्जनौं सेल अश्रु ग्यास र हवाइ फायर गरेको थियो । प्रहरी र सर्वसाधारण दुबैतर्फ एक दर्जन बढी घाइते भएका छन् ।

आइतबार साँझ स्थानीय प्रशासनले तत्कालै बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिए पनि सोमबार बिहान पुनः दुबै पक्षबीच ढुंगा हानाहान भएको थियो । त्यसपछि असहज परिस्थिति थप नबढोस् भनेर स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.