Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

एजेन्सी । चर्चित फिल्ममेकर राजकुमार हिरानी यतिखेर सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सुटिङमा व्यस्त छन् । रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाउँदैछन् ।

यसैबीच हिरानीको भारतीय चर्चित नायक शाहरुख खानसँग नयाँ फिल्मका लागि सहमति भएको खबर पनि आएको छ ।
मुन्नाभाइ एमबीबीएस, थ्री इडियट्स र पिके जस्ता ब्लकबस्टर फिल्म निर्देशन गरेका हिरानी १४ वर्षपछि शाहरुखसँग जोडिन लागेका हुन् । यो जोडीबीच रोचक त के रह्यो भने मुन्नाभाइ र थ्री इडियट दुवैमा हिरानीको पहिलो रोजाइ थिए शाहरुख खान । विभिन्न कारणले शाहरुखले फिल्म गरेनन् ।

बलिउडमा चलेको चर्चाकै आधारमा भन्ने हो भने यी दुईले फिल्मको बारे पटकपटक छलफल गरिसकेका छन् ।
शाहरुख खान अहिले आनन्द एल रायको फिल्ममा काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed