Breaking News.... EverestOnlineKhabar
August 22, 2026

अस्ट्रेलियाद्वारा भारत पराजित,डेविड वार्नर नायक

Loading

एजेन्सी,१३ असोज ।
ओपनर डेबिड वार्नरले आफ्नो सयौं वनडे खेलमा शतक प्रहार गरेपछि अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ ।बिहिबारको चौथो खेल २१ रनले हारेपनि भारत पाँच खेलको वन डे शृंखलामा ३–१ ले अगाडी छ । बिहिबार टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले सानदार सुरुआत पायो ।
ओपनरद्वय डेबिड वार्नरले १ सय २४ र आरोन फिन्चले ९४ रन जोडेपछि अस्ट्रेलियाले पहिलो विकेटको लागि २ सय ३१ रनको साझेदारी पायो । मध्यक्रममा पिटर ह्याण्डस्कम्बले ३० बलमा ४३ रन जोड्दै अस्ट्रेलियालाई ३ सय ३४ रनको योगफलसम्म पुर्याए । भारतका पेस बलर उमेश यादवले ४ विकेट लिंदा केदार जाधवले १ विकेट हात पारे ।
जवाफी ब्याटिङमा उत्रिएको भारतले पहिलो विकेटको लागि शतकीय साझेदारी पायो । अजिन्क्या रहानेले ५३ र रोहित शर्माले ६५ रन जोडेपछि भारतले राम्रो सुरुआत गर्यो । तर अन्तिममा राम्रो साझेदारी नपाउँदा भारतले पराजय भोग्नुपर्यो । केदार जाधवले सर्वाधिक ६७ रन जोडेका थिए । भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १३ रन मात्र जोड्यो । अस्ट्रलियाका केन रिचार्डसनले ३ र नाथन कल्टर नाइलले २ विकेट लिए । शृंखलाको अन्तिम खेल आइतबार नागपुरमा खेलिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.