Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बिबिसि । बैज्ञानिकहरुले दक्षिण पूर्वी एसियामा तीव्र गतिमा फैलिरहेको ’सुपर मलेरिया’ बिश्वकै लागि खतरनाक भएको चेतावनी दिएिका छन । ‘सुपर मलेरिया’ बिश्वकै लागि कडा खालको औंलो रोग भएको उनीहरुको भनाइ छ । औंलोको यो खतरनाक परजीवीलाई मुख्य औंलोप्रतिरोधी औषधिले पनि मार्न नसक्ने भएपछि यो खतरनाक भएको हो ।

पहिलो पटक कम्बोडियामा देखिएको उक्त औंलो थाइल्याण्ड, लाओसका भागहरु हुँदै दक्षिणी भियतनामसम्म पुगेको छ । बैंककस्थित माहिडोल अक्सफोर्ड ट्रपिकल मेडिसिन रिसर्च युनिटले उक्त औंलो रोगको उपचार गर्न नसकिने एउटा वास्तविक खतरा बन्ने जोखिम रहेको बताएको छ ।

औंलो रोग नियन्त्रणसम्बन्धी इकाईका प्रमुख प्राध्यापक आर्जेन डोन्डोर्पले भने, “हामीलाई लाग्छ यो एक भयावह खतरा हो । यो चिन्ताको विषय बनेको छ कि यो पूरै क्षेत्रमा यति छिटो फैलिरहेको छ र हामीलाई डर छ यो अझ फैलिनेछ र अफ्रिकासम्म पुग्नेछ ।“
‘द ल्यान्चेट इन्फेक्सस डिजिसेस’ मा प्रकाशित एउटा पत्रमा अनुसन्धानकर्ताहरुले औषधिप्रतिरोधी बन्दै गएको उक्त औंलो रोगको ‘हालैको भयावह विकासक्रम’ बारे विस्तृत रुपमा उल्लेख गरेका छन् ।

हरेक वर्ष झण्डै २१ करोड २० लाख करोड मानिस औंलोबाट संक्रमित हुने गर्दछन । रगत चुस्ने लामखुट्टेहरुका कारण औंलो लाग्ने गर्छ र बालबालिकाको मृत्युको मुख्य कारक पनि यही हो ।

प्राध्यापक डोन्डर्पले भियतनाममा एक तिहाईले उपचार असफल भइरहेको र कम्बोडियाका केही क्षेत्रमा असफलताको दर ६० प्रतिशत नजिक रहेको बताएका छन । औषधिप्रतिरोधी दर अफ्रिका महादेशमा झनै भयावह रहेको छ ।

प्राध्यापक डण्डर्पले थपे, “यो समयविरुद्धको लडाइँ हो । महामारीका रुपमा फैलिनुअघि नै र औंलो रोगलाई फेरि उपचार गर्न नसकिने साथै धेरैको मृत्यु हुनु अगावै औंलोको यो प्रकारलाई निर्मूल पार्नुपर्छ ।“

वेलकम ट्रस्ट मेडिकल रिसर्च च्यारिटीका माइकल चू भन्छन , “औंलोको यो प्रकारको फैलिनु र हालसम्मको सबैभन्दा प्रभावकारी औषधिप्रतिरोधी हुनु चिन्ताजनक छ र यसको जनस्वास्थ्यमाथि गम्भीर असरहरु पर्दछ ।“

“यदि केही नगरिएमा यो संख्या बढेर सन् २०५० सम्म हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुनेछ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed