Breaking News.... EverestOnlineKhabar
June 7, 2026

उडिरहेको जहाजको पंखा खसेर कारमा लागेपछि…..

Loading

एजेन्सी,९ असोज ।
जापानका उडिरहेको विमानको पंखा खसेर लाग्दा एउटा कारमा गम्भीर क्षति पुगेको छ । जापानको ओसाका शहरमा आकाशमा उडिरहेको जेट विमानको पंखाको भाग खसेर लाग्दा कारमा क्षति पुगेको हो ।
यो शनिबारको घटना हो । केएलएम रोयल डच एयरलाइन्सको जहाज कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयपछि त्यो विमानको पंखाको भाग खसेको हो । चार किलो भन्दा बढी तौल रहेको पंखाको भाग खस्दा विमान दुई हजार मिटरमाथि उडिरहेको थियो ।
खसेको पंखाले लाग्दा ओसाकामा रहेको कारको माथिल्लो भाग (छत) र रेएर विन्डोमा क्षति पुगेको छ । घटनामा कोही पनि घाइते भएका छैनन् । केएलएमले घटनाका विषयमा छानविन सुरु गरेको छ ।
बोइङ ७७७ विमानको पंखाको भाग खसेको हो । विमानमा तीन सय यात्रु रहेका थिए । विमान शनिबार नै आमस्टरडममा सुरक्षित रुपमा अवतरण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed