Breaking News.... EverestOnlineKhabar
June 7, 2026

वीरगन्ज महानगरमा काँग्रेसलाई समाजवादी फोरमले उछिन्यो

Loading

वीरगञ्ज,८ असोज ।
प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मतगणना निकै रोचक बनेको छ । महानगरको मेयरका प्रत्यासी नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । कहिले कांग्रेस त कहिले समाजवादी फोरमका उम्मेदवारले अग्रता लिने गरेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले अग्रता लिएका छन् । पछिल्लो जानकारी अनुसार उनले ९९४६ मत प्राप्त गरेका छन् । सरावगीलाई पछ्याइरहेका नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले ९८२८ मत प्राप्त गरेका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका राजपा नेपालका राजेशमान सिंहले ६९३९ मत प्राप्त गरेका छन् । जनकपुर उपमहानगरपालिका भने राष्ट्रिय जनता पार्टी निकै अगाडि देखिएको छ । जनकपुरमा राजपाका मेयरका उम्मेदवारले १७ हजार ७९३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवारले ८ हजार २९२ मात्र मत प्राप्त गरेका छन् । उपमेयरका पनि राजपा उम्मेदवार नै अगाडि देखिएका छन् ।
बाराको दुई उपमहानगरमध्ये जितपुर–सिमरामा एमालेले जित हात पारिसकेको छ भने कलैयामा एमालेले नै अग्रता कायमै राखेको छ ।
कलैया उपमहानगरपालिकामा अहिलेसम्म एमालेले ६०१७, कांग्रेसले ५८७५ र संघीय समाजवादी फोरमले ५४१० मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed