![]()
एजेन्सी,६ असोज ।
मारिया नामक समुद्री आँधीमा परेर डोमिनिकामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने अन्य २० जना हराइरहेका छन् ।
क्यारेबियन क्षेत्रमा क्षति पुर्याउँदै अघि बढेको मारिया आँधी
क्याटेगोरी ४ को हो । यद्यपि, मानवीय क्षति भने तुलनात्मक रुपमा कम भएको र यो चमत्कार नै रहेको डोमनिकाका प्रधानमन्त्री रोसीभेल्त स्केरिटीले बताएका छन् ।
सोमबार डोमिनिका पुगेको आँधीले सयौं घर ध्वस्त बनाएको छ । आँधीले पोर्टो रिकोमा क्षति गरेको थियो । पोर्टो रिकोभर बिजुली आपूर्ति बन्द भएको छ । यसअघि हार्बी आँधीले गएको महिना त्ही क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो ।


