![]()
एजेन्सी,५ असोज ।
इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ दिएका छन् । संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई सम्बोधन गर्ने क्रममा इरानी राष्ट्रपति रुहानीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कडा जवाफ दिएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार महासभालाई सम्बोधन गर्ने क्रममा इरानलाई दुष्ट शासन सत्ताको सानो समूहको रुपमा चित्रित गरेका थिए । परमाणु कार्यक्रमको र अमेरिका तथा इरानबिच सन् २०१५ मा भएको सम्झौताको विषयलाई लिएर ट्रम्पले यस्तो बताएका हुन् ।
ट्रम्पले परमाणु सम्झौता अमेरिकाका लागि लाजको विषय रहेको पनि बताए । त्यसको जवाफमा महासभामा बुधबार सम्बोधन गरेका इरानी राष्ट्रपति रुहानीले ट्रम्पलाई‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशी’ को रुपमा परिभाषित गरे ।
रुहानीले आफ्नो देशले पहिले परमाणु सम्झौता उल्लंघन नगरेको दाबी गरे । तर कसैले उल्लंघन गरेमा वा आफ्नो देशलाई हानी गर्न खोजेमा इरानले त्यसको जवाफ भने दिने रुहानीको भनाई छ । ट्रम्पले परमाणु सम्झौता भंग गरेमा त्यो निकै दयनीय अवस्था हुने रुहानीको टिप्पणी छ ।


