![]()
बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाए आफना सबै सांसदलाई मन्त्री बनाउने भन्दै कटाक्ष गर्नुभएको छ ।
शनिवार बिराटनगर बिमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले सरकार टिकाउन र भ्रष्टाचार गर्नमा मात्र प्रधानमन्त्रीको ध्यान केन्द्रीत भएको आरोप लगाउनुभयो । उहाँले देउवा नेतृत्वको सरकार भ्रष्टाचारीहरुको मन्डली भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । ओलीले भन्नुभयो, ‘ भ्रष्टाचार र जम्बा’ मन्त्रिमन्डल बनाएर सरकारले विकृतिको ‘रेकर्ड’ कायम गरेको छ । ’
आयल निगमको जग्गा खरिदमा भएको भ्रष्टाचारबाट राज्यसंयन्त्र कसरी भ्रष्ट भएको छ भन्ने खुलस्त भएको उहाँले बताउनुभयो । राज्यका संवैधानिक निकायहरुमा कार्यकारिणीले जबर्जस्ती गर्दा ती निकायहरु कमजोर बन्दै गएको र यसबाट लोकतन्त्र नै कमजोर भएको उहाँले बताउनुभयो ।


