Breaking News.... EverestOnlineKhabar
June 6, 2026

कुलमान भन्छन्ः‘आउँदो हिउँदमा पनि लोडसेडिङ हुँदैन’

Loading

काठमाडौ,३० भदौ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षभन्दा यस वर्ष विद्युत्को अवस्था सहज रहेको जनाएका छन् । आउदो हिउँदमा पनि लोडसेडिङ नहुने उनको भनाइ छ । प्राधिकरण सम्हालेको एक वर्षमा भएको प्रगति र आगामी योजनाबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले अब लोडसेडिङ नहुने बताए ।

३० मेगावाटको अर्धजलासययुक्त चमेलिया आयोजनाको काम दुई महिनामा सम्पन्न हुने, कुसाहा–कटैया र परावनीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनबाट थप १०० मेगावाट बिजुली आयात हुनसक्ने गरी पूर्वाधार तयार भएको उनले बताए । यस्तै, १४४ मेगावाटको कालिगन्डकी, ७० मेगावाटको मध्यमर्स्याङदी, ६९ मेगावाटको मर्स्याङदी, चमेलिया, चिलिमेलगायत विद्युत् प्राधिकरणका आयोजनालाई साँझमा पनि पूर्णक्षमतामा सन्चालन गरेर माग व्यवस्थापन गर्ने उनले बताए ।

उनले यस वर्ष बिजुली चुहावट ३ विन्दु प्रतिशत घटाएर २० प्रतिशतमा झारिने बताए । उनले एक वर्षको अवधिमा प्राधिकरणको वित्तीय, प्रशासनिक एवं संस्थागत सुधार भएको उल्लेख गरे । यसैगरी, उत्पादन, प्रसारण, वितरण तथा ग्राहक सेवा, विद्युत् व्यापारमा उल्लेख्य प्रगति भएको पनि प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed