Breaking News.... EverestOnlineKhabar
June 6, 2026

रोनाल्डोले बनाए च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

Loading

एजेन्सी,२९ भदौ ।
च्याम्पियन्स लिग फुटबलको यो सिजनको औपचारिक सुरुवात भइसकेको छ । बुधबार राति भएका खेलमा साबिक विजेता रियल मड्रिड तथा दुई इंग्लिस क्लब टोटनह्याम र म्यानचेस्टर सिटीले जित निकाल्दै विजयी सुरुवात गरेका छन् । बुधबार राति भएका खेलमा केही कीर्तिमान पनि बनेका छन् । त्यसमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसहित इकर कासिलासको नामअघि आउँछ । रोनाल्डोले बुधबार राति घरेलु मैदानमा भएको खेलमा साइप्रसको क्लब अपोल निकोसियालाई ३–० ले हराउने क्रममा दुई गोल गरे । रोनाल्डो च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा भएका खेलमा अहिलेसम्म ५५ गोल गरेका छन् । रोनाल्डोले यसमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई पछि पारेका हुन् । मेस्सीले घरेलु मैदानमा भएका खेलमा अहिलेसम्म ५४ गोल गरेका छन् । रोनाल्डोकै कुरा गर्दा उनले पेनाल्टीमा पनि मेस्सीलाई पछि पारेका छन् ।
बुधबार रातिको खेलमा एक गोल पेनाल्टी मार्फत गरेका रोनाल्डोको यो च्याम्पियन्स लिगमा १२ औं पेनाल्टी गोल हो । च्याम्पियन्स लिगको इतिहासमा पेनाल्टी मार्फत सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा मेस्सी छन् । उनले अहिलेसम्म पेनाल्टी मार्फत ११ गोल गरेका छन् ।
यस्तै पोर्टोका गोलरक्षक इकर कासिलासले च्याम्पियन्स लिगका १९ सिजन खेल्ने कीर्तिमानमा बराबरी गरेका छन् । १९ औं सिजन च्याम्पियन्स लिग खेलिरहेका कासिलासले म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रायन गिग्सको कीर्तिमानसँग बराबरी गरेका हुन् । गिग्सले पनि च्याम्पियन्स लिग १९ सिजनमा खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed