Breaking News.... EverestOnlineKhabar
June 6, 2026

इर्मा आँधीका कारण विद्युत आपूर्ति नहुँदा फ्लोरिडामा ८ जनाको मृत्यु

Loading

एजेन्सी,२९ भदौ ।
अमेरिकाको फ्लोरिडामा इर्मा आँधीका कारण हप्ता दिनसम्म विद्युत आपूर्ति नहुँदा नर्सिङ होममा रहेका ८ जनाको मृत्यु भएको छ । तीन जना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्थामा भेटिएको र अरु पाँच जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
अरु एक सय १५ जनालाई हलिवुड हिल्स फ्यासिलिटीको नर्सिङ होमबाट उद्धार गरिएको छ । इर्मा आँधीका कारण फ्लोरिडामा विद्युत आपूर्ति प्रभावित भएको छ ।
अहिले पनि एक करोडभन्दा भन्दा बढी मानिस विद्युत बिना बसेका छन् । इर्मा आँधीका कारण अमेरिकामा मात्रै २४ जनाभन्दा बढीको मृत्यु गइसकेको छ ।
आँधीकै कारण क्यारेबियन क्षेत्रमा ४० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed